अमेरिकामा १२ तले च्याम्पीयन टावर एक्कासी कोल्याप्स हुँदा बेपत्ता हुने १ सय ५९ पुगे, उद्धार र खोजी जारी
अमेरिकाको फ्लोरिडा राज्को मियामीमा अचानक १२ तले भवन खसेपछि बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ । यस घटनामा ४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।
सन १९८१ मा बनेको र च्याम्पीयन टावर नामक उक्त भवन कम्बो भन्ने कम्पनीले निर्माण गरेको थियो ।
मियामीका मेयर डेडीले बाँचेकाहरू भेटिने आश अझै बाँकी रहेको बताए । उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको र जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको खबर उनीहरुबाट प्राप्त भएको मेयरले बताए ।
बिहीबार बिहानै के कारणले यो ४० वर्ष पुरानो भवन ध्वस्त भयो भन्ने स्पष्ट भइसकेको छैन । यो भवन ढल्दा कतिजना मानिसहरु त्यहाँ थिए भन्ने पनि खुलिसकेको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडामा आपतकाल घोषणा गरिसकेका छन् । अब, संघीय आकस्मिक व्यवस्थापन एजेन्सी ९फिमा० ले उद्धार कार्यमा राज्यका एजेन्सीहरुलाई सहयोग गर्नेछ ।
बिहीबार सयौं उद्धारकर्ताहरुले विशेष तालिमप्राप्त कुकुरहरुको सहयोगमा बाँचेकाहरुको खोजी गरे, ती उद्धारकर्ताहरुले सोनार क्यामेरा पनि प्रयोग गरेका थिए । पीडितहरु समक्ष पुग्नाका लागि उद्धारकर्ताहरुले भवनमुनीको अण्डरग्राउन्ड कार पार्कमा हुँदै सुरु खन्दै थिए ।