
केपी सरकारले राष्ट्रिय स्वाधिनता सिध्याउन लाग्याे, उठाैं, जागाैं, लडाैं : देव गुरूङ
नेकपा माअाेवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य देव गुरूङले केपी अाेली नेतृत्वको सरकारले मुलुकको राष्ट्रिय स्वाधिनता नै सिध्याउन लागेकाे बताएका छन् । उनले सदनलाई छलेर अध्यादेश जारी गरि ल्याएका नागरिकता विधेयक र चुरे उपयाेग सम्वन्धी सरकारले ल्याएको नीति र याेजनाले सरकार थप राष्ट्रघाती दिशामा केन्द्रीत भएको भन्दै एकताबद्व भएर लड्न अपिल पनि गरेका छन् ।
हेराैं उनकाे स्टाटस्-
सरकारको राष्ट्रघाती कदम को विरोध गरौ!
राष्ट्रिय सँवेदनशिलता सँग जोडिएको नागरिकता विध्येयकलाई सदनबाट छलेर अध्यादेश जारी गरेको मात्र होईन सँसद कै विषयगत समितिले पारित गरेको त्यस भित्रको अन्तरवस्तु भन्दा विपरित ढँगले अध्यादेश जारी गरेर राष्ट्रिय स्वाधिनता प्रति खेलवाड गरेको घटना ताजै छ।
यति खेर फेरी चुरे क्षेत्रको गिटी, ढुँगा र बालुवा लगायतका प्रकृतिक श्रोतहरु निर्यात गर्न पाउने व्यवस्था गराएर काम चलाउ अोली सरकारको दलाली र राष्ट्रिय अात्मसमर्पणवादी चरित्र को फेरि पनि नाँगो ढँगले उजागर भएको छ। यहि स्थिति रहने हो भने नेपालको राष्ट्रिय स्वाधिनता समाप्त हुने छ।
अत: त्यस प्रकार को दलाली, राष्ट्रघात र राष्ट्रिय अात्मसमर्पणबादका विरुद्व सँपुर्ण देश भक्त र वामपन्थीहरु विच वृहत्तर रुपमा एकताबद्व भएर मुलुक को स्वाधिनता को रक्षाको लागि पहल अनिवार्य बनेको छ।
