निषेधाज्ञामा टेलिकमको आकर्षक अफर, हेर्नुहोस के के छन ?
निषेधाज्ञामा बढि डाटाको आवश्यकता महशुस गर्दै नेपाल टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ ।
कोरोना भाइरस कोभिड–१९ को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गलाइ सहजरुपमा उपयोग हुनसक्ने गरी सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको जनाइएको छ ।
टेलिकमको प्रेस बिज्ञप्तिका अनुसार देशैभर लागु गरिएको निषेधाज्ञाको समयमा टेलिकम कम्पनीको मोबाइल सेवा लिने ग्राहकहरुका लागि आकर्षक सुविधाहरु उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख भएको छ । यस्तो अफर लामो र छोटो दुबै समयमा उपयोग गर्न सकिने र उपयोगी हुने अपेक्षा टेलिकमले लिएको छ । सो कम्पनीले एक जीबी प्रतिदिन बोनस सहितको भ्वाइस प्याक लिदाँ २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी ६४९ रुपियाँमा सेवा उपलब्ध गराएको बताएको छ । यो सुविधा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ८ स्टार २ ह्यास डायल गर्न सकिन्छ ।
यसैगरी ७ दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी ९५ रुपियाँमा सेवा उपलब्ध गराएको जनाएको छ । यो सेवा लिन आफ्नो मोबाइलबाट स्टार १४१५, स्टार १, स्टार १, स्टार ४, ह्याज डायल गर्न सकिन्छ । त्यसै गरी दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक दुई घण्टासम्म असीमित डाटा चलाउन ३० रुपियाँमा सुविधा उपलब्ध गराएको छ यसका लागि आफ्नो मोबाइलबाट स्टार १४१५, स्टार ८, स्टार २, ह्यास डायल गर्न सकिने छ ।
त्यसै गरी ५०० एमबी प्रतिदिनको डाटा प्याक २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न मिल्नेगरी सेवा उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५, स्टार १, स्टार ९, स्टार ३, ह्यास डायल गर्न सकिने टेलिकमले जनाएको छ । निषेधाज्ञाको समयमा यसले ग्राहकवर्गलाइ फाइदा पुग्ने बिश्वास टेलिकमले लिएको छ ।