नेपालमा काेराेना : २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना पुष्टि

मूलखबर संवाददाता
काठमाडौं

२४ घण्टामा १५ हजार ६८१ पीसीआर परीक्षण गर्दा मंगलबार थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको छ । एक हजार ९ एन्टिजेन नमुना परीक्षणमा १६० जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ भने ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी २६ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म ३ लाख ७९ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै, ३ सय १५ जना आईसीयूमा, ८४ जना भेन्टिलेटरमा, २ हजार ८ सय ७३ जना अस्पतालमा र २३ हजार ३ सय ५२ जना संक्रमित घरमा उपचाररत छन् ।