
नेपालमा काेराेना : यस्तो छ अवस्था
शनिबार नेपालमा कोरोना भाइरसका दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।
एक हजार १४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३३ जनामा पोजिटिभ देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तीव्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ७१ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख ९५ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अवधिमा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।
