
मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै
काठमाडौं, २० फागुन ।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजीत मेयर कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।
काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाडौ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।
फाल्गुण २९ गते सम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टाेली रहेको छ ।
दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा को पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।
