ज्याेती लाइफलाई ६६ कराेडकाे अाइपीअाे जारी गर्न अनुमति

मूलखबर संवाददाता
काठमाडौं, ११ फागुन

ज्योति लाइफ इन्सुरेन्सलाई ६६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ ।

आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । हाल यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।