युनियन लाइफ इन्सुरेन्स निरन्तर प्रगतितर्फ
वि.स.२००४ सालबाट सुरु भएको बीमा व्यवसायले अहिले नेपालको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको छ । हाल नेपालमा १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र १ वटा पुनर्वीमा कम्पनी गरि ४० वटा बीमा कम्पनीहरु सन्चालनमा रहेका छन् ।
बीमा कम्पनीहरुलाई स्वामित्वको आधारमा सरकारी, निजी, संयुक्त लगानी र बिदेशी शाखाका आधारमा चार किसिममा विभाजन गरिएको छ । बीमा कम्पनीहरु मध्येमा स्थापनाको छोटो समयमानै यूनियन लाईफ इन्स्योरेन्सले प्रभुत्व कायम गर्न सफल हुदै आएको देखिएको छ ।
यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायको क्षेत्रमा वि.स २०७४ सालबाट व्यवसायीक सुरुवात गरेको थियो । यस कम्पनीको संस्थापक समूहमा नेपालको प्रतिष्ठित व्यवसायीक समुहरु जगदम्बा समुह, गोल्छा समुह, गाडिया समुह, न्यौपाने समुह, राजेश हार्डवेयर तथा टिवडेवाल समुह रहेका छन् ।
६४ लाख ५० हजार कित्ता सेयर जारी हुदै
अधिकृत पुंजी रु. २ अर्ब १५ करोड रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । त्यस मध्ये ७० प्रतिशत सेयर पहिले नै संस्थापक समुहको रहेको छ भने बाँकि ३० प्रतिशत अर्थत ६४ करोड ५० लाख सेयर सर्वसाधारणको लागि छुट्याईएको छ । त्यसका लागि कम्पनीले छिट्टै नै प्राथमिक कित्ता सेयर(आईपिओ) निस्कासनको तयारी गरेको जनाएको छ । कम्पनीले नेपालीहरुमाझ् बीमा गर्ने बानिको बिकास गर्दै नेपाली बीमा व्यवसायको दायरा बढाउदै बीमितहरुको लागि अन्तराष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने लक्ष्यका साथ काम गरि रहेको पनि जनाएको छ ।
बीमा कोषमा १०५ प्रतिशतको बृद्धी
कम्पनीको पछिल्लो बित्तिय बिबरण अनुसार चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । त्यस्तै कम्पनीको जगेडा कोषमा ७३ करोड २५ लाख रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ४१ करोड १२ लाख थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा कम्पनीले ७८ प्रतिशतले बृद्धी हासिल गर्न सफल भएको देखिएको छ । कम्पनीले चालु आ.व २०७७ को पहिलो त्रैमासिकमा १०५ प्रतिशतको बृद्धी कायम गर्दै जीवन बीमा कोष ५ अर्ब १२ करोडमा पु¥याएको छ ।
खुद बीमा शुल्कमा पनि उल्लेख्य सुधार
कम्पनीले सार्वजनिक गरेको आ.व २०७७/७८ को पहिलो त्रैमासिकको वित्तिय विवरण अनुसार १ अर्ब ४९ करोड ३६ लाख रुपौयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
गतवर्षको सोहि अवधिमा कम्पनीले ७७ करोड ८२ लाख रुपैँयाको खुद बीमा शुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा यो रकम ७१ करोड ५४ लाख रुपैंयाँले बढी हो भने गत बर्षको भन्दा ९१ प्रतिशतले बढी हो ।
यो वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २ करोड ४१ लाख ९१ हजार ५५५ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ५ करोड ५६ लाख ५७ हजार ४३० रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तुलनात्मक रुपमा कम्पनीको खुद नाफा अधिल्लो बर्षको सोहि अबधिको भन्दा कम हो । कम्पनीका अनुसार कोरोना भाईरस (कोभिड १९) महामारी तथा कम्पनीको प्रशासनीक खर्च बढेका कारण नाफामा कमी देखिएको हो ।
देशैभरि झण्डै २०० शाखा
अहिले कम्पनीले देशैभरिका आफ्ना झण्डै २०० शाखा मार्फतसेवा प्रदान गरिरहेको छ । यो संख्या नेपालमा जीवन बीमा कम्पनीहरुको सन्जालमा नेपाल लाईफ पछि दोस्रो हो । त्यस्तै जीबन बिमा शुल्क आर्जनमा पनि नेपाल लाईफ पछि दास्रो हो ।
कम्पनीको यो प्रगतिमा कम्पनीका सम्पूर्ण कर्मचारी तथा शुभचिन्तकहरुको उत्ति कै योगदान रहेको बताईएको छ । त्यसमा पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको प्रशासकीय भूमिका महत्वपूर्ण रहेको बताईएको छ । बिगत २० बर्षदेखि बिमा क्षेत्रमा लागेका कर्ण बिमा क्षेत्रको बिज्ञको रुपमा चिनिन्छन् । उनले आफनो करिअर भने बैकिङ क्षेत्रबाट सूरु गरेका थिए ।