अनलाइन प्रणालीमा राजश्व संकलन प्रभावकारी

मूलखबर संवाददाता
काठमाडौं, २० मंसिर

काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख  ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ। गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी बहाल करमा २१ करोड ५० लाख असुल गरेको छ। त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ।

अहिलेसम्मा सबैभन्दा बढी वडा नं १ बाट तीन करोड सात लाख ५५ हजार, २६ वडाबाट २२ करोड ३५ लाख ५२ हजार र सबैभन्दा कम वडा १८ बाट चार लाख ९८ हजार रुपैयाँ असुल गरेको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए।