हासम्म जारी गरिएका स्वास्थ्य मापदण्डका विषयमा पुनरावेदन गर्ने र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रिकालिन व्यवसायीहरु, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उलंघन हुनेखालका संस्था तथा व्यवसायीहरु नखोल्न डा.गौतमले आग्रह गरे। यसका साथै उनले सभा, सम्मेलन,भेला धर्ना घेराउ जस्ता क्रियाकलाप पनि नगर्ने पनि सुझाए।
मंसिर महिनापछि विद्यालय खोल्दा थोरै संख्यामा विद्यार्थीहरु राखेर मात्रै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गरेर मात्र खोल्न र यसका लागि स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सीसीएमसीलाई लेखि पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको समेत उनले जानकारी दिए।