शेयर काराेबारमा आइतबार पनि रेकर्ड ब्रेक

मूलखबर संवाददाता
काठमाडौं, ८ मंसिर

पछिल्लो समय लगातार बढ्दै गएको कारोबार रकमले आइतबार पनि रेकर्ड ब्रेक गरेको छ। आइतबार बजार बन्द हुन २० मिनेट बाँकि रहदै ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएको छ। यो दोस्रो बजारमा भएको हालसम्म कै उच्च कारोबार हो।

गत बिहीबार ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको कारोबार भएर रेकर्ड ब्रेक गरेको थियो। आइतबार उक्त रेकर्डलाई ब्रेक गर्दै झण्डै साढे ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।

आज आइतबार २ः४० सम्ममा २०१ कम्पनीकाे १ कराेड ४९ लाख कित्ता शेयर ६ अर्ब ३५ कराेड रूपैयाँमा खरिद बिक्री भएकाे छ।

कोरोनाको कारण अन्य क्षेत्रमा लगानीको अवसर कम हुँदा शेयर बजारमा लगानी बढेको छ। पछिल्लो समय कारोबार रकम दैनिक बढ्दै गइरहेको छ। यसले अरु क्षेत्रमा लगानीको सम्भावना कम हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।