कहिल्यै नआत्तिने नेता प्रचण्डसँगको अविष्मरणीय यात्रा

सन्तोष पौडेल

कति व्यस्तता, कत्रो जिम्मेवारी । सायद सामान्य मान्छे हुँदो हो त हडफील (गाउँले भाषामा हर्टफेललाई यसो भन्छन्) भएर वर्वाद हुन्थ्यो होला । तर प्रचण्डमा कतै पनि हतास, निराश र त्रास पाईएन । जताततै सम्भावना, उज्यालो, सकार, र जतिसुकै प्रतिकुलतामा पनि अनुकुलता खोज्नसक्ने मान्छे भएकैले होला सबै घेरावन्दी (पार्टीभित्र र बाहिरको, देशभित्र र बाहिरको अनि आफ्ना र अर्काको) सहजै पचाएर यो यात्रामा निरन्तर लाग्न सकेको ।

–सन्तोष पौडेल

‘मलाइ आज अनौठो अनुभुति भएको छ, भिन्नै अनि रमाइलो, यो बेलचौर, सिमलका रुख सबै देख्दा । म आठ वर्षको उमेरमा पहाडबाट झर्दा भैंसी चराउने यो चौर आज पर्यटकीय स्थान बनिसकेछ । मलाई आज ति सबै घटना, साथी संगी अनि त्यो जिवन चलचित्रको रिल झैं घुमिरहेका छन् । मेरो मानसपटलमा पुरै ताजा भएर आइरहेका छन् ।’ यो भनाई कमरेड प्रचण्डले राखीरहँदा छहत्तरौं जिल्लाका नामले परिचित चितवनको पश्चिमी पटिहानी गाविसमा फागुन ५ देखी शुरु भएको पटिहानी पर्यटन महोत्सव २०६८ को भव्य समारोहमा थियौं हामी । समारोहको उद्घाटन त्यही करिब २०१७ सालतिरको ‘भैैंसी गोठालो’ सबैले प्यार गरेर राखेको नामधारी पुष्पकमल दाहाल र अहिलेको नयाँ नेपालको नायक कमरेड प्रचण्डले पानसमा वत्ति बालेर गर्नुभएको थियो ।

लेखक

चितवन, प्रचण्ड र नयाँ नेपाल पर्याय जस्तै बनेका छन् पछिल्लो समयमा । त्यही पर्यायलाई व्यवहारिकता दिन पटिहानी पग्नुभएको थियो कमरेड प्रचण्ड र सँगै गएका थियौं हामी । प्रचण्डले त्यसो भनिरहँदा मलाई प्रचण्डको त्यो बालपन, संगी साथी, र सपनाको परिकल्पना गर्न मन लाग्यो । प्रचण्डको अलि पछाडि मञ्चमा बसिरहँदा मैले मनमनै त्यो बेलाको प्रचण्ड र अहिलेको प्रचण्डलाई तुलना गरें । प्रचण्डको त्यतिवेलाको नाम, सोच, सपना र अहिलेको प्रचण्डको नाम सोच, सपना र जिम्मेवारी । खुट्टामा चप्पल, कट्टु र गन्जी लगाएको त्यतिवेलाको फुलजस्तै हलुका र हिलोमा फुल्ने कमल झैं आफ्नै नाममा रमाउने पुष्पकमल र अहिलेको पहाड झैं गह्रौं र गहन जिम्मेवारी भएको प्रचण्ड आकाश जमीनको फरक पाए“ मैले । हुन त सबैले यसरी नै जीवन गुजारीरहेका छन् । तर प्रचण्डको यतिवेलाको जिम्मेवारी त्यतिवेलाको तुलनामा करोडौं गुना बढेको थियो । त्यतिवेला आकाशमा चिलगाडि देख्दा एकछिन रोकीएर हेर्ने बालसुलभ आज त्यही चिल गाडि चढेर महोत्सवको उद्घाटन गर्न पटिहानीको बेलचौर पुगेको थियो । हामी माउन्टेन एयरको ‘नाइन एन एजेइ’ हेलिकोप्टर चढेर काठमाडौंबाट पटिहानी सोझै पुगेका थियौं ।

तपाई हो हामीसँग जाने ? तपाईको नाम के रे ? प्रचण्डको जिज्ञासामा क्याप्टेनको जवाफ थियो म पासाङ्ग । ए, सँगै रहेका प्रकाशले थपे हामीसँग आरोहणमा जाने पासाङ्ग जी । ए हो, प्रचण्डलाई थप परिचयको जरुरी परेन । हामी सबैले क्याप्टेन पासाङ्गसँग हात मिलायौं र पहेंलो चिलगाडिमा प्रवेश गर्यौं । काठमाडौंको एयरपोर्ट केही समय पहिले आगलागि भएर डढेको खरबारीले घेरिएको थियो हामी नयाँ नेपालका परिकल्पनाकार, महान जनयुद्ध र शान्ति प्रक्रियाका नायक कमरेड प्रचण्डस“गे चितवनको पटिहानी तर्फ जादै थियौं । माओवादी अध्यक्ष प्रचण्ड, केन्द्र्रीय सल्लाहाकार कमरेड सिता दाहाल, म, प्रकाश र कमरेड मल्ल (म उनलाई कमरेड भन्छु कीनकी कमरेड प्रचण्डको नियमीत सुरक्षा कमाण्डमा विगत ३ वर्षदेखि खेटेका नेपाल प्रहरीका इन्स्पेक्टर दान बहादुर मल्ल हुन् उनी) । पाँच जनाको टोली थियो हाम्रो । पाँच सिटे हेलिकोप्टर भनेपछि कमरेड परवाना दाईको चितवन जाने मन पछाडि हट्यो । सिट पुगेन । चितवन र जाँदै गरेको पटिहानीको स्थानीय छोरो कमरेड परवाना दाई (सन्तु दराई) जनमुक्ति सेनाको सातौं डिभिजन कमाण्डर र माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ पनि जान पाएको भए त्यहाँका जनता अझ खुशि हुने थिए । ‘आइएम क्यारिंग माओइस्ट चेयरमेन प्रचण्ड’ पाईलट क्याप्टेन पासँङ्गले आफ्नो इन्फरमेशन सम्वन्धीत च्यानलमा दिए । त्यति नै बेला मेरो चितवनमा रहनुभएको दिदीले फोन गर्नुभयो, हामी हेलिकोप्टर चढ्यौं अवको आधा घण्टामा कार्यक्रम स्थल आइपुग्छौं, त्यही भेटौंला । मैले दिदीलाई आवस्त पारें । दुबै तर्फको ढोका लगाउनेबेला  एक दाईले हाम्रो फोटो खिचीदिनुभयो ।

‘एभ्रीथिंग रेडि’ क्याप्टेनले हेलि स्टार्ट गरे । पंखा घुम्न थाल्यो । मलाई केही नौलो, केही शंका र केही गर्व अनुभति भयो । हुन त यसभन्दा पहिला पनि अध्यक्ष कमरेड प्रचण्डसँग मैले एक पटक जहाजमा र थुप्रै पटक मोटरमा यात्रा गरेको थिएँ । करिब दुई वर्ष अगाडि लुम्बीनीमा आयोजित अन्तराष्ट्रिय शान्ति सम्मेलनमा सहभागि हुन प्रचण्ड प्रधानमन्त्रीको रुपमा जाँदा म, मित्र निर्मल ज्ञवाली र बलराम थापाजी सहित एमाले नेता भलनाथ खनाल र थुप्रै अन्य मानिसहरु बुद्ध एयर चढेर लुम्बीनी गएका थियौं । तर यसपटकको यात्रा भने हेलिकोप्टरमा र असाध्यै नजीक बसेर गरेको थिएँ । मेरो यसमा गर्व थियो नयाँ नेपालका नायक, परिकल्पनाकार र आफैं सहभागि रहेको गौरवशाली पार्टीको श्रद्धेय अध्यक्षस“ग असाध्यै नजीक भएर यात्रा गर्नु । म मा थुप्रै भावनाहरु खेल्न थाले । खतरा र सम्भावित दुर्घटना र सकुशल यात्रा । जमीनमा चार पांग्रामा हिंड्दा पो कही भइहाले अर्को चेन्ज गरौंला वा विश्राम गरौंला भन्ने । न टेक्ने न समाउने भनेझैं चिलगाडिमा यात्रा त्यही पनि हामी मात्रै । यत्रो चौतर्फी घेरावन्दी र व्यस्ततालाई चिर्दै प्रचण्ड बाध्यताबस चिलगाडिको यात्रा गर्दे हुनुहुन्थ्यो । विहान १२ बजे चितवन पुगेर अपरान्ह चार बजे काठमाडौंमा जरुरी मिटिंगमा आइपुग्नुपर्ने थियो । त्यसैले हेलिकोप्टर बाध्यता बनेको थियो प्रचण्डलाई ।

भटटटट्… आवाजसँगै हेलिकोप्टरले जमीन छाड्यो । प्रचण्डले टाउकोमा हेडफोन लगाउनुभयो स्पीकरसहितको, अनि शुरु भयो हाम्रो यात्रा वा उडान । देखियो काठमाडौंको कंक्रीटको जंगल । पशुपतिलाई देब्रे पारेर बौद जोरपाटी, बालाजु स्वयंभु हुँदै चिलगाडिले नागढुंगा काट्यो र छोड्यो काठमाडौंको शहर र शुरु भयो पहाड, पर्वत श्रृंखलाको अनकन्टारको मार्ग । काठमाडौं, धादिंग मकवानपुर हुँदै चितवनको पर्सा निस्केर हामी पटिहानी पुग्यौं । बाटोमा पर्ने धादिंगको नौविसे, मकवानपुरको पालुंग, महाभारत र चुरेका अग्ला अग्ला पहाडमा ठोक्कीएला झैं गरी अगाडि वढ्यो हेलिकोप्टर । प्रचण्डले अत्यन्तै चासोका साथ क्याप्टेन पासाङ्गस“ग ठाउ“ र रुटबारे सोध्नुभयो उहाँले कतिपय बाटो त जनयुद्ध कालमा हिंडेको स्मरण पनि गर्नुभयो । उहाँले तल गाउ देखेपछि अत्यन्ते नियालेर हेर्ने गर्नुहुन्थ्यो । विद्यालयका केटाकेटीले बाहिर निस्केर आकाशमा हेरेको दृश्यले पहिले हामीले आकाशमा हेलिकोप्टर आएपछि खा“दै गरेको भात छाडेर हेलिकोप्टर हेरेको याद आयो मलाई । कहिले तल कहिले माथि उतार चढावको यात्रामा हेलिकोप्टरले धादिंग र मकवानपुरको भुभाग र जंगल छिचोलेर चितवनको सम्म भुभाग देखायो । मौसमले असाध्ये राम्रो साथ दियो आकाश पुरे खुलेको थियो ।

हावाको चाप एकदमै ठीक थियो । मैले क्यामराबाट भ्याएसमका दृष्यहरु कैद गरें । कतिपय रुटको भिडियो समेत खिचें । केही सेकेण्डमै शहर देखियो यो हो टा“डी बजार, यो सौराहा, दायाँ तर्फको खोला किनारको शहरलाई प्रकाशले चिनाए । त्यो फलानो होटल । मैले शक्तिखोर सम्झीए“ । किनकी नेपालको शान्ति प्रक्रियामा शक्तिखोर धेरै महत्वपूर्ण र ऐतिहासिक नाम भएको छ । जनमुक्ति सेनाले पाँच वर्षसम्म अथाह कठिन जिवन व्यतित गरेका थिए यहाँ । शक्तिखोर त्यही स्थान हो जहाँ जनमुक्ति सेनाको तेश्रो डिभीजन मुख्यालय रहेको छ । शक्तिखोरमा जनमुक्ति सेना बस्नुभन्दा पहिले सम्भावित स्थान हेर्न हामी संयुक्त राष्टसंघको टोलीसहित हेलिकोप्टरमा गएका थियौं । त्यतिवेलाको घना जंगल अहिले पर्यटकीय केन्द्र जस्तो बनेको छ । जनमुक्ति सेनाका साथीहरुको अथक, लगनशीलता, सिप र सोर्यको परिणाम आज शक्तिखोर विश्वभरी नै परिचित नाम बनेको छ ।

हाम्रो उडान अव करिब ल्याण्ड गर्ने पोजिसनमा थियो । कतो हो ल्याण्ड गर्ने भन्दै गर्दा मान्छेहरु ता“ति लागेर जा“दै गरेको चारकुने कार्यक्रमस्थल देखियो अल्लि पर रापती खोलको छेवेमा ‘एच’ लेखिएको हेलिप्याड देखियो । कार्यक्रमस्थललाई दाहीने पारेर राप्तीपारीतरबाट क्याप्टेन पासाङ्गले चिलगाडि घुमाउनुभयो र वरिपरि स्वागतार्थ जम्मा भएका मानिसहरुको बीचमा हेलिकोप्टर ल्याण्ड गर्नुभयो । प्रचण्डलाई भेट्न आतुर जनसमुदाय धेरै त कार्यक्रमस्थलमै थिए । हेलीप्याडमा जिल्ला सिडोओ, एसएसपी, माओवादीका सभासद, जिल्ला इन्चार्ज र नेता कार्यकर्ताहरु स्वागतार्थ आएका थिए । हेलिकोप्टरबाटै प्रचण्डले हात हल्लाएर स्वागत ग्रहण गर्दे अभिवादन गर्नुभयो । सबैका मुहारमा खुशी देखिन्थ्यो । राप्ती आफ्नै तालमा बगिरहेको थियो । निलो कञ्चन पानी मलाई छोऔं छोऔं लागेको थियो । काठमाडौंमा जाडो भएकाले लगाएको स्वीटर चितवन पुग्दा गर्मीले उकुशमुकुश बनाएको थियो ।

नेताले आफ्नो इच्छामा केही पनि गर्न पाउ“दैनन् । फेरी प्रचण्डले त झन पाउने कुरै भएन । वरिपरि लागीहाल्यो घेरो सुरक्षाकर्मी र कार्यकर्ताको । अनि शुरु भयो हेलीप्याडमै स्वागत । माओवादी सभासद नारायण दाहाल, चित्रबहादुर श्रेष्ठ, शान्ता न्यौपानेलगायत अन्य थुप्रै कार्यकर्ता र नेता तथा सिडीओ, एसएसपी लगायतको माला ग्रहण र हात मिलाईपछि हामी लाग्यौं त्यहीं रहेको चितवन सफारी भन्ने होटलमा । प्रचण्डको इच्छा मैले बुझे अनुसार छिटो कार्यक्रममा जाने र जनता, शहीद परिवारसँग भेट्ने र अभिवादन गर्ने रहेको थियो । जिल्ला पार्टीको योजना अनुसार चितवन सफारीमा एकछिन आराम गर्ने कार्यक्रम बन्यो । डाडाको जंगली स्थानमा चारेतिर बाँसघारीले घेरेर राम्रो पर्यटकीय होटल खोलीएको रहेछ । कामाडौंका एक नेवारले त्यहााँ होटल चलाएका रहेछन् । प्रचण्डले महोत्सव आयोजक खेम भटटसँग सोध्नुभयो यो कहिले बनेको ? यस्तो त थिएन । स“गे रहनुभएका सभासद नारायण दाहालले वेलिविस्तार लगाउनुभयो ।

हामी पहिला आउ“दा फलानोको घर नेरको डाडो क्या ? प्रचण्डले त्यतातिरको त्यतिवेलाको परिवेशबारे थुप्रै कुरा सोध्नुभयो उकालो चढ्दै गर्दा । सायद उहााँमा धेरै कोतुहल थियो पहिलेको चितवन र अहिलेको चितवन ? जिल्ला नेता अविनाशस“ग कार्यक्रमको फर्मेट र अतिथीबारे प्रचण्डले सोध्दै गर्दा चिया खाने कुरा भयो । उहााँले चिनी नहालेको कालो चिया माग्नुभयो । सबैले चिया खाइयो । ‘चीनी खान छाडेपछि त चीनी यति नमीठो हुँदो रहेछ की’ प्रचण्डको भनाईलाई सबैले चासो दिएर सुने । स“गै रहनुभएकी सिता दाहालले थप्नुभयो ‘सुगर नभईन्जेल जति खाएपनि हुने तर भएपछि खान नहुने रहेछ यो त’ । हाम्रो बसाईलाई बीट मार्दै गर्दा होटलका साहुजीले प्रचण्डस“ग परिचय गर्दे केही समस्या फुकाईदिन माग गरे । आउँदो साउनदेखि आफ्नो होटलका हात्तिहरु जंगल छिर्न नपाउने कुराले उनलाई समस्या बनाएको रहेछ । प्रचण्डले जिल्ला नेता र सभासद श्रेष्ठलाई यसबारेमा बुझेर सहयोग गर्न अहउनुभयो ।

कार्यक्रस्थल कति टाढा हो ? हिंडेर जा“दा हुदैन, कति लाग्छ ? प्रचण्डले जिज्ञासा राख्नुभयो । १० मिनेट जति टाढा हो तर गाडि छ, अविनाशले भनेपछि गाडिमै जाने कुरा भयो । गाडिको यात्रा, धुलाम्मे बाटो, हामी त गाडिमा थियौं तर गाडिको पछि हिंडनै पेदल यात्रीहरु वा सहभागिहरु भने ‘नेपाली पाउडर’ले सेताम्मे ।

कार्यक्रमस्थलभन्दा करिब सय मिटर अगाडि गाडि रोकीयो, झर्नुभयो प्रचण्ड । शुरु भयो वाईसिएल र सुरक्षाकर्मीको घेरा । जनताको हातमा फुल छन्, प्रचण्डलाई फुल दिन र हात मिलाउन हतारीएका जनसमुदायलाई भ्याएजतिको हातको फुल लिएर हात मिलाउनुभयो त नभ्याएकालाई हात हल्लाएर अभिवादन गर्नुभयो प्रचण्डले । बुंगबुंगती धुलो, गर्मी र मानव सागरको भिडले उकुशमुकुश हु“दै मञ्चमा प्रवेश गर्दा असीन पसिन भइएको थियो । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै वाइसिएल र प्रहरीले गरेको छेकवारले धेरै सर्वसाधारण दुखित देखिए आफ्नो प्यारो छोरा, भाई, साथी, विद्यार्थी र नेता अनि नयाँ नेपालको नायक प्रचण्डलाई भेटेर अंगालो मार्न नपाउँदा । यो सबै भावना बुझेका प्रचण्डले आफनो उद्घाटन मन्तव्यमा सबैलाई संवोधन गर्न भ्याउनुभयो । म तपाईको छोरो, भाई साथी यस्तै यस्तै पारिवारीक या लंगोटियार । प्रचण्डको संवोधनमा सन्तुष्ट नहुने कोही थिएन ।

वरिवरि करिब १ सय २५ वटा स्टल राखीएको महोत्सवमा बीचमा भव्य मञ्च बनाइएको थियो । चितवनको सुन्दरतालाई झल्काउने र यसको पहिचानलाई प्रचार गर्ने उद्धेश्यले तयार गरिएका स्टलहरुमा जिल्लाका उत्पादनहरुदेखि, स्थानीय भेषभुषा, र संस्कृति झल्काउने विषयहरु पनि समावेश थिए । राष्टिय निकुञ्जको छेवैमा हजारौं जनसमुदायको सहभागितामा आयोजित उक्त कार्यक्रममा प्रचण्डले चितवनलाई सिंगै नेपालको महवपूर्ण जिल्लाको रुपमा परिचित गराउनुभयो । चितवनले सिंगै देशलाई एकतावद्ध पार्न र फुटपार्न सक्ने भनाई राख्दै चितवानवासीको चिन्ताको विषय चितवनको टुक्रा नपारीने स्पष्ट पार्नुभयो । राज्य पुनर्संरचना आयोगले चितवनलाई टुक्रा पर्ने कार्य गरेकोमा आक्रोशित भएका चितवनवासीलाई प्रचण्डले – ‘हामी चितवनवासीको भावनालाई प्रहार हुनेगरी कुनै पनि निर्णय गर्ने छैनौं र स्वीकार गर्ने छैनौं । म हाम्रो पार्टीको तर्फबाट चितवनलाई कुनै पनि हालतमा टुक्रयाउन नदिने प्रतिवद्धता व्यक्त गर्दछु । म तपाईको छोरो, भाइ भतिजो र साथी भएको नाताले पनि तपाईहरुको भावनाको पुरे समर्थन गर्दछु । राज्य पुनर्संरचना आयोगको कुरा संविधनसभाले मान्नै पर्छ भन्ने छैन । चितवन एकतावद्ध भयो भने मात्रै सिंगै नेपाल एक हुनसक्छ । त्यसैले एकताबद्ध बनौं । तमाम खाले प्रतिगामी र यथास्थितिवादीलाई परास्त गरौं ।’

प्रचण्डको करिब २७ मिनेट लामो संवोधन जनताले असाध्यै चाख दिएर सुनिरहे । लाग्थ्यो कुने योगीले दिएको फास्रो प्रवचन होइन । उनीहरुले प्रचण्डमा चितवनप्रतिको माया र आस्था पाए, नयाँ नेपालको चित्र पाए, परिवर्तन र क्रान्तिको सन्देश पाए । खुशीले गद्गद भए चितवनवासीहरु र भने ‘हाम्रो महोत्सव सफल भयो, हामीले धेरै ठूलो उपलव्धी हासील गर्यौं ।’ प्रमुख अतिथिको रुपमा रहेका प्रचण्डले नेपाली कांग्रेस नेता रामशरण महत र एमाले नेता भरतमोहन अधिकारीको भाषण ध्यान दिएर सुनेपछि उनीहरुले उप्काएको शान्ति र संविधानको मन्त्रलाई आफुले सार्थक निश्कर्षमा पुर्याउन दत्तचित्त भएर लागेको बताउनुभयो । र भन्नुभयो ‘यसमा हजारौं शहीद, वेपत्ता, आम माओवादी कार्यकर्ता र लाखौं करोडौं जनता भएको र सबैभन्दा ठूलो पार्टी भएकाले हाम्रो वढि जिम्मेवारी होला तर के नेपाली कांग्रेस र एमाले लगायतको जिम्मेवारी छैन ?’ जनताले एक्यवद्धता जनाउ“दै परर ताली पड्काए र अभिवादन गरे ।

मिडियाले प्रचण्डको पुरै भाषण रेकर्ड गरे र क्यामरामा कैद गरे । शान्ति र संविधानको गाडि प्रचण्ड बाहेक कसैले गन्तव्यमा पुर्याउन सक्दैन भन्ने भाव उनीहरुको थियो । कार्यक्रममा स्थानीय एक विद्यालयका तीन जोडि जुम्ल्याहा वालवालीकाले राष्ट्रिय गित गाए । शहीदहरुप्रति मौनधारण गरेर शुरु भएको कार्यक्रम करिब पौने तीन घण्टामा समापन भयो र हामी लाग्यों फर्कन तिर । मञ्च अगाडि मैले मेरो दिदी भिनाजु भेटें । उहाँहरुले पनि प्रचण्डस“ग परिचय गर्न र हात मिलाउन खोज्नुभएको थियो । सबैले भेट्न थाल्दा अत्यन्त व्यस्त रहनुभएका प्रचण्डको समय वर्वाद हुन्थ्यो । त्यसैले पछि नै भेट्ने र भेटाउने वाचा गर्दे म पनि विदा भए“ ।

हामी राप्ती नदीमा सिंगारेर राखीएको एउटा डुंगामा चढ्यौं । थाहा थिएन हामीलाई डुंगामार्फत हेलीप्याड तिर लान लागिएको रहेछ । प्रचण्ड अत्यन्तै प्रशन्न र फ्रेस मुद्रामा हुनुहुन्थ्यो । सायद काठमाडौं, सधैंको टेन्सन, दलहरुको माथापच्ची र दुश्मनहरुको घेराबाट मुक्त आकाशमा उडेको पंक्षी झैं अनुभुत भएको थियो होला जनताको बीचमा अपार श्रद्धाका साथ रहन पाउ“दा । डुंगामा चढ्दै गर्दा एमाले नेता भरतमोहनको एक खुटा जुत्त्तासहित पानीमा पस्यो । सबै ह“से तर विकल्प थिएन । उनी त्यत्तिकै प्रचण्डको अगाडि बसे । पहिला पछाडि वसेका उनलाई प्रचण्डले नै संगै बस्न आग्रह गरेपछि अगाडि आएका थिए । डुंगा डुव्लाकी भन्ने चिन्ता आयोजकहरुलाई थियो, त्यसैले १२ जना भन्दा वढि नबस्न निर्देशन दिए, वढि भएकाहरु अर्को डुंगामा गए । डुंगा अगाडि वढ्यो । निश्चल, शान्त रापतीमा डुंगाको छाल देखियो । नदीको किनारमा बसेर स्थानीय जनसमुदायले निरन्तर विदाईका हात हल्लाए प्रचण्डलाई । उहाँले हार्दिकतापुर्वक विदाईलाई समर्थन जनाउँदै विदाईका हात हल्लाइरहनुभयो कहिले एक त कहिले दुबै हात उठाएर उहाँले अभिवादन गरिरहनुभयो ।

करिब १५ मिनेटको डुंगा यत्रापछि हामी फेरी चितवन सफारी पुग्योैं । त्यह पर्यटन पत्रिका विमोचन र अन्तरक्रिया कार्यक्रम रहेछ । बर्खाको भेल छोपेर रोपाई गरेभै थाहै नदिइ उक्त कार्यक्रम राखीएको रहेछ । चिया खान भनि गएका हामी कार्यक्रममा पो पुगियो । प्रचण्ड पनि एकछिन त अलमल्ल । शुरु भयो कार्यक्रम । प्रमुख अतिथी प्रचण्डले नेपालको विकासको प्रमुख माध्यम पर्यटन भएकाले कदम महत्वपुर्ण भएको भन्दै प्रगतिको शुभकामना दिनुभयो । एमाले नेता भरतमोहनले पनि शुभकामा दिनुभयो । सफारीमा एक पिस माछा र एक कप कालो चिया खाएपछि प्रचण्डले फेरी सबैस“ग विदा माग्ने बेला भयो । किनकी काठमाडौंमा चार बजे नै महत्वपुर्ण मिटिंग थियो । बाटोको म्याद आधा घण्टा थपेर प्रचण्डले पा“च बजे आइपुग्ने कुरा गर्नुभयो । हामी लाग्योैं हेलीप्याडतिर ।

हेलिप्याडमा क्याप्टेन पासाङ्गले प्रचण्डस“ग फोटो खिचाउनुभयो । प्रचण्डले आफ्नी बहिनीका बृद्ध ससुरासग त्यहीं बल्ल भेट भएपछि एक मिनेट भलाकुसारी गर्नुभयो । कति व्यस्तता, कत्रो जिम्मेवारी । सायद सामान्य मान्छे हु“दो हो त हडफील (गाउले भाषामा हर्टफेललाई यसो भन्छन्) भएर वर्वाद हुन्थ्यो होला । तर प्रचण्डमा मैले कतै पनि हतास, निराश र त्रास पाईन । जताततै सम्भावना, जताततै उज्यालो, जताततै सकार, जतिसुकै प्रतिकुलतामा पनि अनुकुलता खोज्नसक्ने मान्छे भएकैले होला सबै घेरावन्दी (पार्टीभित्र र बाहिरको, देशभित्र र बाहिरको अनि आफ्ना र अर्काको) सहजै पचाएर यो यात्रामा निरन्तर लाग्न सकेको । हेलिकोप्टरले जमीन छोड्दै गर्दा अघि नै देखि नदी कीनारमा प्रचण्डलाई हात हल्लाएकाहरु फेरी हात हल्लाए । प्रचण्डले देखिन्जेलसम्म ककपीटबाट तल हेर्दे हात हल्लाइरहनुभयो । मानौं इतिहास निर्माणको महान् यात्रा शुरु भएको छ र त्यसको लागि जादैछु ।

बाटोमा पर्ने चितवन नेशलन पार्कको खुला चौरमा केही हुल बाख्रा जस्ता देखिए । प्रचण्डले ठम्याउनुभयो मृग । हो पासाङ्गले पनि थप्नुभयो । सबैले नजीकबाट हेर्ने चासो राखेपछि क्याप्टेनले हेलिकोप्टर एक फन्का लगाएर नजीकै पुर्याउनुभयो । ओहो मृगका हुल पो रहेछन् । सा“च्चैं नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको छ । विविधताले भरिएको नेपालमा जडिवुटि, वनजंगल, जलश्रोत विश्वमै नमुनायोग्य छन् । विश्वभरबाट नेपालको प्राकृतिक सुन्दरता हेर्न पर्यटकहरु नेपाल आउने गरेका छन् । नेपाली भने कामको खोजीमा विदेशका गल्ली चाहार्दै छन् । शान्ति र राजनीतिक स्थिरता हुनेवित्तीकै नेपालले विकासमा धेरे फड्को हान्न सक्छ ।

प्रचण्डले चितवनको सम्म मैदान छाड्दै गर्दा ध्यान दिएर शक्तिखोर नीयाल्नुभयो । शान्ति र परिवर्तनका लागि असीम त्याग गरेका जनमुक्ति सेनाका योद्धाहरु फेरी अर्को त्याग गर्दे स्वेच्छीक अवकास र समायोजनमा लगिंदैछ । भोलीको नेपाल कस्तो होला, संविधान जनताको पक्षमा कसरी बनाउन सकिन्छ र भोली फेरी जनताले विद्रोह गर्न नपर्ने स्थिति कसरी निर्माण गर्न सकिएला ? सदिओै देखिको उत्पीडन र अपमानलाई अन्त्य गर्नु छ, मजदूर र किसानलाई अधिकार सम्पन्न पार्नु छ प्रचण्ड अल्लि गम्भीर देखिनुभयो चितवनतर्फ जाँदा भन्दा काठमाडौंतर्फ फर्कदा । फेरी तीनै पुराना विचार, सोच र प्रवृत्ति भएकाहरुस“ग टकराउन पर्ने अवस्थालाई सम्झिएर होला सायद । त्रिशुली नदि किनारमा लमतन्न परेको पृथ्वी राजमार्ग, नौविसेबाट छुट्एिको नागवेली वाइरोडको बाटो सबै हाम्रो यात्राका साथी थिए । ओहो, प्रत्येक डाडाका टुप्पासम्म मोटर बाटो खनीएको । मोटर पुगेपनि नपुगेपनि टुप्पासम्म मोटरबाटो भने खनिएको छ । बाटो खन्दा एकहिसावले हिसावले सुविधा थपीएको छ जनतालाई भने अर्कातिर जंगलको चाहिं नाशै भएको छ । डाडाकाडाका वस्तीलाई एकत्रित गरी अन्यत्र सार्न सकीएमा विकास बजेट पनि कम हुने र वनजंगल पनि जोगीने तर्क यतिवेला जायज लाग्यो ।

देखियो फेरी कंक्रीटको जंगल, काठमाडौं । ओहो कति हुन् घर, कतै खाली जमीन छैन । पहिले फाँट भएका गोंगबु टोखा, बुढानिलकण्ठ सबै घर र हाउजींगले भरिएको । ‘यो राष्ट्रपति भवन’ मल्लजीले देखाउनुभयो, मैले फोटो खिचें । असाध्यै सानो लाग्यो एरीया । हेलिकोप्टरले बौद्ध, जोरपाटी, गुहेश्वरी, हुँदै एयरपोर्टमा ल्याड गर्न लाग्यो एयर ट्राफिक जाममा परियो । करिब ३ मिनेट हावामा एकैठाउ“मा रोकीरह्यो हेलीकोप्टर । दुईवटा प्लेन ल्याड भएपछि हाम्रो बाटो खुल्यो ।

‘धन्यवाद, असाध्यै सहज र अरामदायी ढंगले यात्रा गराउनुभयो ।’ प्रचण्डले क्याप्टेन पासाङ्गलाई धन्यवाद दिनुभयो । हामी सबेले हार्दीकतासाथ धन्यवाद ज्ञापन गर्यौं उनलाई । प्रधामन्त्रीको भारत विहार भ्रमणबाट फकर्ने बेला रातो कार्पेट विछ्याएर एयरपोर्टले स्वागत गर्ने तयारी गर्दै थियो । हामी भने ‘हिमाल सिक्स, किलो माइक, हामी साविकको रुट हुँदै निवास’ सुरक्षा प्रमुख मल्लजिको काशन सहित लाग्यौं निवासतिर ।

(२०६८ फागुन ८ मा लेखिएको संस्मरण)