काेहि त उठ साथी !

पथिक रेग्मी
काठमाडौं

तुफान चलेकाे वेला
हुस्सु र कुईराेकाे प्रकाेप
शून्य धरातलमा हुन्छ रे साथि

खडेरी लागेकाे वेला
विरूवामा सिन्चित पानी
त्यसै हराउँछ रे माटाे माथि

सतिले सरापेकाे मेराे देश
अक्रान्त छ अाज
धमिलाे पानिमा माछा मार्ने
समय समयका पाखन्डि
विचारले साथि

समय परिवर्तन भयाे
परिवर्तन भएन मान्छे
हत्केलाेमा नै अटाउने भएछ
मान्छेकाे मन र चाैडा छाति

राजनीतिका कलुवारहरुकाे पाखण्डले
छिया छिया भएकाे मेराे देशलाई
मलम पट्टि लगाउन काेहि त उठ साथी।