
लुम्बिनी प्रदेशका सभामुख र मन्त्रीपछि सदस्यलाई पनि काेराेना
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज गरिएको द्रुत स्वाब परीक्षणमा कोरोना पुष्टि भएको न्यौपानेले बताउनुभयो ।
यसअघि शुक्रबार प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीमा कोरोना पुष्टि भएको छ ।
आज संक्रमित न्यौपानेले ज्वरो बढ्दै र शरीर कमजोर हुँदै गएपछि लुुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गराउनुभएको थियो । उहाँ अहिले आफ्नै निवासको आइसोलेसनमा हुनुहुन्छ ।
