काठमाडौंमा एकैदिन ८ सय ९ जना नयाँ संक्रमित

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं उपत्यकामा काेराेना भाइरसका नयाँ संक्रमित ८ सय ९ जना थपिएका छन् ।

मन्त्रालयका अनुसार आइतबार काठमाण्डाैमा ६ सय ३१ जना, ललितपुरमा एक सय चार जना र भक्तपुरमा ७२ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे ।

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकासहित देशैभर एक हजार पाँच सय ७३ जनामा काेराेना पुष्टि भएकाे हाे । याेसँगै नेपालमा काेराेनाका सङ्क्रमितकाे कुल सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेकाे छ ।