नेपालमा कोरोना : उपत्यकामा ६३७ सहित देशभर थपिए ११७२ संक्रमित, मृतक ४३६ पुगे

मूलखबर संवाददाता
काठमाडौं, ७ असोज ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ जना पुगेृको छ । उपत्यकामा मात्रै ३ जनाले कोरोनाका कारण ज्याना गुमाएका छन् । काठमाडौंका १६ वर्षीय पुरुष र ६८ वर्षीया महिला तथा ललितपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरमा भने ११७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।