
बलात्कारको आरोपमा गाउँपालिकाका प्रशासन अधिकृत पक्राउ
कैलालीमा बलात्कारको आरोपमा गाउँपालिकाका प्रशासन अधिकृत पक्राउ परेका छन्।
जोशीपुर गाउँपालिकाको प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्यायलाई गाउँपालिका कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
उनले दिएको जाहेरीमा डरधम्की देखाएर बलात्कार गरेको उल्लेख छ। घटनाकोअनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।
