
जनताका अपेक्षा अझै पुरा भएका छैनन्- गणतन्त्रका पहिलो प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)
काठमाडौं, ३ असोज ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा व्यवस्था फेरिएपनि जनताका अपेक्षाहरु अझै पुरा नभएका बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया अत्यन्तै ऐतिहासिक र जटील महत्वको राजनीतक परिवर्तन भएको र त्यसको नेतृत्व र पहलकदमी आफूले गर्न पाउँदा गौरवान्वीत भएको बताउनुभयो ।
संविधान दिवसको अवसरमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन लगायत विभिन्न खाले आन्दोलनहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता योद्धा घाइते अपांग र तमाम सहभागिहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
हेरौं उहाँको श्रव्यदृष्य शुभकामना सन्देश
https://youtu.be/519hHpyjQEo
