कुलमान नियुक्तिकाे उर्जामन्त्रीकाे प्रस्ताव प्रधानमन्त्रीकहाँ विचाराधीन : उर्जा सचिवालय
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव उर्जामन्त्री वर्षमान पुन अनन्तले साेमबारकाे मन्त्रीपरिषद बैठकमा पेश गरेकाे उनकाे सचिवालयले पुष्टि गरेकाे छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तकाे स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले फेसबुक स्टाटसमार्फत उक्त जानकारी दिँदै कुलमानकाे नियुक्ति हुने अाशा व्यक्त गरेका छन् ।
उनले उर्जा मन्त्रीकाे साे प्रस्ताव प्रधानमन्त्री कार्यालयमा विचाराधीन रहेकाे बताएका छन् । चापागाईंले लेखेका छन्- `कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ ।
उर्जामन्त्रीले प्राधिकरणको आवश्यकता र आम जनचाहना अनुरूप घिसिङलाई नै नियुक्तिकाे प्रस्ताव गरेका थिए ।
हेराैं स्वकीय सचिव चापागाईंकाे स्टाटस-
`नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।´