कांग्रेस नेता कोइरालालाई कोरोनाको गम्भीर लक्षण, ओमको आइसियुमा भर्ना

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि ओम अस्पतालको आइसीयूमा भर्ना गरिएको छ ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहेका कोइरालालाई निमोनिया देखिएपछि काठमाडौ चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिएका छन् ।

उनलाई डा. विश्वनाथ कोइरालाको टोलीले उपचार गरिरहेको र स्वास्थ्य अबस्था स्थिर रहेको बताइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट संक्रमितहरुमा नेपालमा पछिल्लो समय गम्भीर लक्षणहरु देखिन थालेको छ जसले गर्दा मृतकको संख्या पनि बढिरहेको छ ।