नेपालमा एकै दिन १५ जना कोरोना सङ्क्रमितको मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, ३० भदौ ।

नेपालमा एकै दिन १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमले नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३६० पुगेको जानकारी दिनुभयो । सोमबार मृत्यु हुने सङ्ख्या हालसम्मकै धेरै हो ।

मन्त्रालयका अनुसार नौवटा जिल्लाका पाँच महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको हो । यो २४ घण्टामा काठमाडौँमा मात्र छ जना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुर र ललितपुरमा एक/एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

उपत्यकामा आठसहित १५ जनाको मृत्यु भएको हो । तीमध्ये मोरङमा ४० र ७० वर्षीय पुरुष, काठमाडौँमा ६१ वर्षीया महिला तथा ६२, ७०, ७३, ७७ र ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।