
डिश होमको ‘द स्ट्रिङ्स’ अडिसन दोस्रो चरणमा
डिशहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका द स्ट्रिङ्स ‘The Strings’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुन : आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोडगरी भोटिङ्गको आह्वान गरिसकेका छन ।
देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनीहरुलाई अवसरसँंगै हौसला प्रदान गर्ने उद्वेश्यले डिशहोमले द स्ट्रिङ्स ‘The Strings शुरुवात गरेको हो ।
