अाेम्नी समुह १ वर्षकाे लागि कालाे सूचीमा

मूलखबर संवाददाता
काठमाडौं, २९ भदौ

विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो । सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।