काठमाडौं उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित, देशभर ५० हजार नाघ्यो

मूलखबर संवाददाता
काठमाडौं, २६ भदौ ।

काठमाडौं उपत्यकामा एकैदिन ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यस्तै संक्रमित मध्ये ७० प्रतिशत निको भएका छन् । नेपालमा कोरोनाबाट ३ सय १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं सय ४ सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यसअघि बुधबारको नियमित मिडिया ब्रिफिङका क्रममा उपत्यकामा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको थियो ।