
काेराेना संक्रमणमा भारत दाेश्राे, ४२ लाख बढी संक्रमित, ६७ हजार बढी मृत्यु
कोरोनाभाइरसका संक्रमित संख्याकाे अाधारमा भारत संसारकै दोस्रो मुलुक बनेको छ। दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा उक्लिएको हो। अब भारतभन्दा अगाडि अमेरिकामात्र छ।
सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन भारतमा ९० हजार बढी संक्रमित थपिएपछि भारतले ब्राजिललाई उछिनेकाे हाे ।
भारतमा अहिले संक्रमितको संख्या ४२ लाख नाघेको छ। जुन ब्राजिलभन्दा ६८ हजार बढी हो। भारतमा साेमबारसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ६७ हजार बढि छ ।
नरेन्द्र मोदी सरकारले निरन्तर ओह्रालो लागिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन यसअघि लगाएका सबै प्रतिबन्ध खुलाउँदै गएकाले भारतमा कोरोनाको संक्रमण घट्ने कुनै संकेत देखिएको छैन।
संसारकै दोस्रो बढी जनसंख्या भएको भारतमा सोमबारमात्रै ९० हजार बढी संक्रमित थपिएक छन्। भारतमा अहिले संक्रमितको संख्या ४२ लाख नाघेको छ। जुन ब्राजिलभन्दा ६८ हजार बढी हो।
अहिलेकै दरमा संक्रमण बढ्दै जाने हो भने भारतले अर्को महिना अमेरिकालाई पनि उछिन्न सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्। अमेरिकामा अहिले ६४ लाख ६४ हजार बढी संक्रमित छन्। अमेरिकामा पछिल्लो समय संक्रमण केही घटेको छ। भारतमा भने अगस्ट महिनाभरि निरन्तर उकालो लागेको संक्रमणको ग्राफ अहिले पनि घटेको छैन।
