सोवा रिग्पाको कोरोना प्रतिरोधी निशुल्क स्वास्थ्य शिवीरबाट ८ हजार बढि लाभान्वीत

मूलखबर संवाददाता
महोत्तरी, २१ भदौ

कोरोना भाइरसको महामारी बढिरहेको बेला सोवा रिग्पा एशोसिएसन नेपालको आयोजनामा कोरोना भाइरससँग प्रतिरोध गर्न सक्ने शक्ति प्रदान गर्ने कोरोना प्रतिरोधी औषधी सहितको निशुल्क स्वास्थ्य शिवीर सञ्चालन गरिएको छ ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं २ मा शनिवार आयोजित निशुल्क स्वास्थ्य शिवीरमा ८ हजार जनाले सेवा लिएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यमा शुरु भएको निशुल्क शिवीरमा मन्त्री पोखरेलले औषधी वितरण गर्नुभएको थियो । त्यसैगरी मान्यताप्राप्त चिकित्सकहरुको प्रत्यक्ष सहभागिता रहेको उक्त शिवीर वडा नं ४ का ८ स्थानमा सञ्चालन गरिएको थियो ।
वडा नं ४ अन्तरगत बयुलपदम छोइखालिङ गुम्बा, श्री राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालय, जनआस्थ आधारभुत विद्यालय भक्तिपुर, रजवासे टोल वडा कार्यालय नजीक, हवल्दार टोल दुर्गा मन्दीर, एकचइ टोल, राष्ट्रिय माध्यमिक विद्यालय कामीडाँडा, माइस्थान पव्लीक एकेडेमी चारघरेमा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन गरिएको थियो ।

शिवीरबाट ८ हजार ५२ जना लाभान्वीत भएका र जसमध्ये ३ हजार १ सय पुरुष, २ हजार ८ सय २ महिला, १७ सय बालबालीका, १ सय ५० प्रहरी सुरक्षाकर्मी र ३०० दिर्घरोगीहरुको उपचार गरिएको संस्थाले जनाएको छ ।