यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
एसिडपीडित मुस्कान खातुनलाई सहयाेग गर्दै मनाए पर्यटनमन्त्री भट्टराईले जन्मदिन. जन्मदिन सबैकाे लागि एक महत्त्वपूर्ण दिन हाे । मानिसहरूले जन्मदिनको अवसरमा विभित्र कार्यक्रम गर्ने र केक काटेर जन्मदिन मनाउने चलन देखिन्छ । अझ ठुला बडाले त जन्मदिनलाई विशेष उत्सवकै रूपमा मनाउने गर्दछन् । राजतन्त्र रहुन्जेल राजा र रानीकाे जन्मदिनमा सार्वजनिक विदा नै दिइन्थ्याे । यश अघि प्रधानमन्त्री के पि शर्मा अाेलिकाे जन्मदिनमा नेपालकाे नक्साकाे केक काटेको कुराले अालाेचना र विवाद समेत भएको थियाे ।. तर यहाँ गणतन्त्र अाईसकेपछि एक मन्त्रीले जन्मदिनको अवसरमा एक एसिड प्रहारबाट पीडित युवतीलाई मन्त्रालयमै बाेलाएर उनैसँग जन्मदिन मनाएका छन् ।. पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले एसिड प्रहारबाट पीडित युवती मुस्कान खातुनसँगै जन्मदिन मनाएको तस्बिर सार्वजनिक गरेका छन् । उनले अाफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेका छन् ।. हेराैं उनकाे स्टाटस –. यो सालको जन्मदिन मुस्कानको साथ गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ । हार्दिक शुभकामना.
एसिडपीडित मुस्कान खातुनलाई सहयाेग गर्दै मनाए पर्यटनमन्त्री भट्टराईले जन्मदिन
मूलखबर संवाददाता
काठमाडौं
जन्मदिन सबैकाे लागि एक महत्त्वपूर्ण दिन हाे । मानिसहरूले जन्मदिनको अवसरमा विभित्र कार्यक्रम गर्ने र केक काटेर जन्मदिन मनाउने चलन देखिन्छ । अझ ठुला बडाले त जन्मदिनलाई विशेष उत्सवकै रूपमा मनाउने गर्दछन् । राजतन्त्र रहुन्जेल राजा र रानीकाे जन्मदिनमा सार्वजनिक विदा नै दिइन्थ्याे । यश अघि प्रधानमन्त्री के पि शर्मा अाेलिकाे जन्मदिनमा नेपालकाे नक्साकाे केक काटेको कुराले अालाेचना र विवाद समेत भएको थियाे ।
तर यहाँ गणतन्त्र अाईसकेपछि एक मन्त्रीले जन्मदिनको अवसरमा एक एसिड प्रहारबाट पीडित युवतीलाई मन्त्रालयमै बाेलाएर उनैसँग जन्मदिन मनाएका छन् ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले एसिड प्रहारबाट पीडित युवती मुस्कान खातुनसँगै जन्मदिन मनाएको तस्बिर सार्वजनिक गरेका छन् । उनले अाफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेका छन् ।
हेराैं उनकाे स्टाटस –
यो सालको जन्मदिन मुस्कानको साथ
गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ ।
हार्दिक शुभकामना