बामदेब राष्ट्रिय सभा जाँदा संविधान भत्किन्छ भन्ने मित्रहरू यसअघि कता हराएका थियाै ?

मूलखबर संवाददाता
काठमाडौं, २१ भदाै

नेकपा सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष बामदेब गाैतमलाई राष्ट्रिय सभाकाे रिक्त स्थानमा सांसद बनाउने निर्णय गरेपछि यस विषयले सर्वसाधारण मात्रै हाेइन नेकपाकाे अान्तरिक पंक्तिमा पनि गम्भीर बहस सिर्जना भएको छ ।

नेकपाकाे काेटाबाट राष्ट्रिय सभा सदस्य भएर अर्थमन्त्री समेत बनेका डा युवराज खतिवडाको म्याद सकिएकाे छ महिनापछि उनी मन्त्रीबाट हटेपछि उनैको स्थानमा उनलाई दाेहाेर्याउन चाहेका प्रधानमन्त्री अाेलीलाई दबाब दिँदै नेकपाका अधिकांश सचिवालय सदस्यले बामदेबलाइ यश अघि नै राष्ट्रिय सभामा लैजाने गरि निर्णय कार्यान्वयन गर्न बाध्य पारेपछि अाेलि पक्षिय नेता कार्यकर्ताले यस निर्णयले संविधानकाे नै उपहास भएको बताएका छन् । तर याे निर्णयले नेकपामा विधिको पालना भएको तर्क छ नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालकाे ।

नेकपाका प्रभावशाली नेता रिजालले याे निर्णय नयाँ नभई गत फागुनमा भएको सचिवालयकै निर्णय कार्यन्वयन भएको र यसले पार्टीको विधिलाइ स्थापित गरेकोे र संविधानकाे उपहास नगरेकाे बताएका छन् । उनले गाैतमकाे बामपंथी अान्दोलनमा धेरै ठूलो याेगदान रहेको बताएका छन् । उनले फेसबुकमा लगातार यस सम्वन्धि स्टाटसहरू लेखिरहेका छन् ।

उनले लेखेका छन् – नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनमा आधा शताब्दीभन्दा लामो जीवन अर्पित गर्नुभएका, विभिन्न कालखण्डमा अरुलाई नेता बनाउन निर्णायक भूमिका खेल्नुभएका, पार्टी एकताका पहरेदार र नेकपाको चुनावी घोषणापत्रका मस्यौदाकार गााैतम हुुन्।

उनको पछिल्लो स्टाटस-

मानिसहरु नाच्दै–गाउँदै, गीत लेख्दै, म्युजिक भिडिओ बनाउँदै राष्ट्रियसभामा पुगेका छन्, विभिन्न मूलको पानी चाखेर हिँड्दै पनि पुगेका छन्, वडा सदस्य, नगर प्रमुख र प्रदेश सदस्यमा चुनाव हारेर राष्ट्रियसभामा पुगेका छन्, नाता–सम्बन्धका आधारमा पनि पुगेका छन् । श्रीमान्ले चुनाव हारिसकेपछि ‘मेरो घर खर्च चलेन’ भनेकै आधारमा श्रीमती ‘राष्ट्रिय कोटा’ बाट संसद्मा पुगेको पनि देखिएकै हो । नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनमा आधा शताब्दीभन्दा लामो जीवन अर्पित गर्नुभएका, विभिन्न कालखण्डमा अरुलाई नेता बनाउन निर्णायक भूमिका खेल्नुभएका, पार्टी एकताका पहरेदार र नेकपाको चुनावी घोषणापत्रका मस्यौदाकार वामदेव गौतम राष्ट्रियसभामा जान थाल्दा आकाशै खसे जस्तो गर्नुको अर्थ बुझ्न सकिन्छ । उहाँ उपल्लो सदनमा जाँदा संविधानै भत्किन्छ भन्ने मित्रहरु यसअघि अरु जाँदा कता व्यस्ता हुँनुहुँदोरहेछ कुन्नि !

बामदेबलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकाे दिन उनले यस्तो स्टाटस लेखेका थिए –

नेकपामा विवादको सुरुवात नै कमरेड वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने ०७६ फागुन १४ को सचिवालय बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन नगर्नाले भएको थियो । ६ महिनासम्म अनेक प्रयोग र खेलपछि अन्तत: पार्टी निर्णय कार्यान्वयन हुने स्थिति बन्नुलाई पनि खुसीकै कुरा मान्नुपर्छ । कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्व र कमिटी प्रणाली नै निर्णायक हुने परिपाटी स्थापित भइरहने अपेक्षा गरौं !
कमरेड वामदेव गौतमलाई हार्दिक बधाई तथा शुभकामना !