बामदेव गाैतमलाई राष्ट्रिय सभामा पठाउने नेकपा निर्णय

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपाले उपाध्यक्ष बामदेव गाैतमलाई राष्ट्रिय सभाकाे रिक्त पदमा मनाेनयन सिफारिस गर्ने निर्णय गरेको छ ।

अाज साँझ सम्पन्न सचिवालय बैठकले गाैतमलाई अर्थमन्त्री समेत रहेका राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको समयावधि सकिएर रिक्त रहेकाे पदमा पठाउने निर्णय गरेकाे बैठकपछि प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

यस अघि नै सचिवालय बैठकले राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भनी गरेको निर्णय कार्यान्वयन गर्ने गरि अाजकाे सचिवालय बैठकले निर्णय गरेकाे हाे ।

  1. यसअघि बामदेबलाई सिफारिस गर्ने वा अर्थमन्त्री डा युवराज खतिवडालाई नै गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र प्रचण्डलगायतका नेताहरुबीच सहमति बनेको थिएन । यहि भदौ २० गतेसम्म मात्रै समयावधि रहेका अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिन उनलाई सिफारिस गरिनुपर्ने बाध्यता थियाे । तर अाजकाे सचिवालय बैठकपछि खतिवडाको मन्त्रीकाे रूपमा निरन्तरता भने नहुने निश्चित भएको छ ।