
बागमती प्रदेश सरकारले ५२ करोड ६३ लाख रकम खर्चेर १० जिल्लामा २२४६ घर बनाउने
बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ५२ करोड ६३ लाख रकम खर्चिने भएको छ । प्रदेश सरकारले प्रदेशका १० जिल्लामा दुई हजार दुई सय ४६ वटा घर निर्माणका लागि ५२ करोड ६३ लाख खर्चिने योजना बनाएको हो । गत आर्थिक वर्ष २०७र०७७ मा ४३ करोड बजेट छुट्याएको प्रदेश सरकारले क्रमागत योजना अन्तर्गत चालु आव २०७७र०७८ मा ८ करोड ६३ लाख बिनियोजन गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मा दिइएको जनता आवास कार्यक्रम अन्तर्गत गत आवसम्म ६ सय २० घर निर्माण भइसकेका छन् । मन्त्रालयका अनुसार चितवनमा ७ सय ६६, मकवानपुरमा ६ सय ५०, धादिङमा तीन सय ५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०र५० घर निर्माण गर्ने योजना बनाइएको छ ।
कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा चितवन र मकवानपुरमा दुईरदुई सय, धादिङमा एक सय, नुवाकोटमा ५०, रसुवा, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा ५र५ गरी ५ सय ८० घर निर्माण गर्ने लक्ष्य राखेको छ ।
एकीकृत बस्ती विकासका लागि ८ करोड ७० लाख
बागमती प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमका लागि ८ करोड ७० लाख बिनियोजन गरेको छ । प्रदेश सरकारले जनता आवासबाहेक एकीकृत बस्ती निर्माणका लागि चालु आर्थिक वर्ष २०७७र०७८ मा ८ करोड ७० लाख बिनियोजन गरेको हो । अति सीमान्तकृत माझी, मुसहर र चेपाङ समुदायका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं ७ र ९ मा एकीकृत मुसहर बस्तीका लागि एक÷एक करोड, दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्तीका लागि २ करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ११ र १२ का लागि प्रति वडा एक करोड २५ लाख रकम छुट्याएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी सिन्धुपाल्चोकको इन्द्रावती–५ मा एकीकृत माझी बस्तीका लागि एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्तीका लागि तीस लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्तीका लागि ४० लाख, धादिङमा चेपाङ एकीकृत बस्तीका लागि ४५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
