व्यवसायीले जम्मा गरेको नगद धरौटी एक वर्षको लागी सापटी दिन सरकारसँग माग
नेपाल बैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीले धरौटीबापत जम्मा गरेको रकम एक वर्षको लागि सापटी दिई व्यवसाय चलाउने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ ।
इराक स्थित अमेरिकन बेस क्याम्पमा बैदेशिक रोजगारीको लागी गएका कामदारहरु मध्ये १२ जना नेपाली नागरिकहरुको हत्या गरिएपछि नेपालमा भएको आगजनी र तोडफोडको दिनलाई कालो दिवसको रुपमा मनाउँदै आएको संघले सोही दिनको अवसरमा एक अपीलमार्फत उक्त आग्रह गरेको हो ।
अपीलमा भनिएको छ, इराक स्थित अमेरिकन बेस क्याम्पमा बैदेशिक रोजगारीको लागी गएका कामदारहरु मध्ये १२ जना नेपाली नागरिकहरुको आतंककारीहरु बाट बीभत्स हत्या गरिएको आक्रोशमा मिती २०६१ साल भाद्र १६ गते बैदेशिक रोजगार ब्याबसाय संचालन गर्ने कम्पनीहरुको कार्यालय, घर, सबारी साधनमा आगजानी तोडफोड र लुटपाट गर्ने कार्य भए गरिएकोले बैदेशिक रोजगार ब्याबसायी संघ ले उक्त दिनलाई कालो दिन घोषणा गरि विभिन्न प्रकारका सचेतना मुलक कार्यक्रमहरु गरि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने कार्य गर्दै आएको व्यहोरा सबैलाई अबगत नै छ।
बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारणले यस वर्ष संघले कुनै सचेतना कार्यक्रम नराखे पनि यस दिनलाई ब्याबसायीको ‘कालो दिन’ को स्मरण गर्दै ब्यबसाय पुनर्स्थपना गर्न ब्याबसायीले राखेको नगद धरौटी एक वर्षको लागी सरकारले सापटी दिएको तथ्य लाइ स्मरण गराउदै अहिले कोभिड १९ को महामारीले आक्रान्त ब्यबसायीहरुलाई बिगतको जस्तै ब्याबसायीले जम्मा गरेको नगद धरौटी एक वर्षको लागी सापटी दिई ब्यबसाय गर्ने बाताबरण बनाई पाउन सरकारसंग पुन माग गर्दछौ।