काठमाडौं मेयर शाक्य र वरिष्ठ चिकित्सक भोला रिजाललाई पनि कोरोना संक्रमण

मूलखबर संवाददाता
काठमाडौं, १६ भदौ ।

विश्वव्यापी महामारकिो रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र वरिष्ठ चिकित्सक डा. भोला रिजालपनि संक्रमित भएका छन् ।

काठमाडौंमा बढ्दै गएको कोरेना संक्रमण समुदाय स्तरमा फैलिएको भनेर समुदायका सबैलाई परिक्षण गर्ने घोषणा गरेका मेयर शाक्य आफेंलाई कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हो ।

डा भोला रिजालले आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । डा रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखिएको काठमाडौँ महानगरपालिकाका प्रेस विज्ञ मोहन बास्तोलाले बताउनुभयो ।

दुई दिनअघि स्वाब दिएका उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ ।