निषेधाज्ञाको आठौं दिन : उपत्यकामा नाघ्यो ४ सय, देशभर ९२७ नयाँ संक्रमित, कहाँ कति ?

मूलखबर संवाददाता
काठमाडौं, १२ भदौ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण गराउन राजधानी काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आठौं दिनसम्म पनि संक्रमण घट्न सकेको छैन । झन पछि झन बढ्दै गएको छ ।

गत २४ घण्टाको अपडेट गराउन स्वास्थ्य मन्त्रालयद्धारा अयोजित पत्रकार सम्मेलनमा प्रबक्ता ले देशभर ९२७ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार काठमाडौं उपत्यकामा नयाँ संक्रमितको संख्या ४ सय नाघेको छ । काठमाडौं जिल्लामा मात्रै ३ सय ५० जना नयाँ संक्रमित पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् ।

उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको अवस्थामा पनि संक्रमण नघटेको भनेर टिप्पणी आइरहेका बेला मन्त्रालयले भने परिक्षणको दायरा बढेकाले संक्रमितको संख्या बढिरहेको बताएको छ ।

त्यसैगरी हालसम्म देशभर ३६४५६ जना कोरोना संक्रमित भएको जानकारी दिँदै मन्त्रालयले त्यसमध्ये २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकोको बताएको छ ।

उनले देशभरका संक्रमित मध्ये प्रदेश नं १ मा ४१, २ मा ४२, बागमतिमा ८१, गण्डकीमा ३ र ५ नं प्रदेशमा १५ जना आइसियुमा उपचाररत रहेको तथा प्रदेश १ मा ३ जना, प्रदेश नं २ मा १७ जना र प्रदेश नं ५ मा २ जना भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचाररत रहेको जानकारी गराए ।

त्यसैगरी कोरोनाको कारण गत २४ घण्टामा ८ जनाले ज्यान गुमाएको र त्यसमध्ये ३ जनाले चितवनमा, १ जनाले काठमाडौ.मा र १ जनाले पोखरामा ज्इान गुमाएको बताइएको छ ।

९८४९०२४१४४