नेकपाको सचिवालय बैठक स्थगित, भदौ १८ मा बस्ने, यस्तो छ कारण

मूलखबर संवाददाता
काठमाडौं, १२ भदौ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक फेरी स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि भोली शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

कोरोना संक्रमण बढेका कारण बैठक स्थगित भएको जानकारी पाएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए । नेकपाका देखिएको विवाद समाधानको लािग बनेको कार्यदलले आफ्नो प्रतिवेदन दुई अध्यक्षलाई हस्तान्तरण गरेपछि उक्त प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय लनको लािग डाकीएको भनिएको बैठक अन्तिम समयमा कोरोनाका कारण देखाउँदै स्थगित भएको हो ।

नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष के पी ओली र अर्का अध्यक्ष प्रचण्डसमुहबीचको अन्तरविरोधले गर्दा स्थायी समिति बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले आफैंले डाकेको सचिवालय बैठक र स्थायी समिति बैठकमा समेत अनुपस्थित हुने र पार्टीको निर्देशन र निर्णय नमान्ने बताएपछि विवाद झन बढेको थियो ।
पछिल्लो अवस्थामा कार्यदल बनाएपछि उक्त विवाद साम्य भएको मानिएको थियो । तर कार्यदलको प्रतिवेदनमा पनि सहमति बनिसकेको छैन ।