निषेधाज्ञाको सात दिन : काठमाडौंमा ३०१ सहित देशभर ८८५ नयाँ संक्रमित,

मूलखबर संवाददाता
काठमाडौं, १० भदौ

नेपालमा ८८५ कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौंसहित देशभर पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम ८८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लमा मात्रै ३ सय १ जना नयाँ संक्रमित थपिएका हुन् । सबै सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १३ हजार २५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७३९ जना आइसोलेसनमा छन् ।
पछिल्लो चौबीस घण्टामा ३८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।