
लमजुङ अस्पताललाई ४ भेन्टिलेटर सहित १० बेडको आइसियु निर्माण गर्न संघिय सरकारको २ करोड
कोरोना संक्रमण बढिरहँदा संघिय सरकारले लमजुङ जिल्ला अस्पतालमा ४ भेन्टिलेटर सहित १० बेडको आइ।सि।यु। निर्माण गर्नको लागि २ करोड उपलव्ध गराए छ ।
लमजुङ जिल्लाका संघीय जनप्रतिनिधि एबं नेकपा मुख्य सचेतक माननीय देव गुरुङको पहल र सक्रियतामा संघीय सरकारले कोरोना सङ्क्रमण रोकथाम नियन्त्रयण तथा उपचार कोषवाट उक्त बजेट उपलव्ध गराएको हो । सो बजेटबाट हाल जिल्ला अस्पतालको रुपमा रहेको बेशीशहरस्थित अीपतालमा ४ भेन्टिलेटर सहित १० बेडको आइ।सि।यु। निर्माण गरिनेछ । हालसम्म उक्त अस्पतालमा आइसियु र भेन्टिलेटरको व्यवस्था रहेको थिएन । जसले गर्दा लमजुङका मानिसहरु विरामी पर्दा उपचारको लागी काठमाडौं, पोखरा वा चितवन जानुपर्ने बाध्यता रहेको थियो ।
अहिले उपलव्ध बजेटबाट आइसियु र भेन्टीलेटरको व्यवस्था भएपछि लमजुङका नागरिकहरुले सो सुविधा प्राप्त गर्नेछन र अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।
