नेकपाले बाेलायाे भदौ १३ गते सचिवालय बैठक

मूलखबर संवाददाता
काठमाडौं, १० भदौ

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १३ गते सचिवालय बैठक बोलाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री निवासमा मङ्गलबार अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नुभयो । कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । प्रतिवेदन उपर सचिवालय र त्यसपछि स्थायी समिति बैठकमा छलफल हुने बताईएकाे छ ।