वाणिज्य बैंकको सञ्चालकमा नियुक्त कोइरालालाई सातौंपटक सरकारी नियुक्ति !

मूलखबर संवाददाता
काठमाडौं, ९ भदौं ।

कसैलाई खातै खात कसैलाइ पुर्पुरोमा हात भन्ने उखान यतिवेला फेरी एकपटक चर्चामा आएको छ । दुई तिहाई जनमतसहित सरकारको नेतृत्व गरेको नेकपाले गरेको एक नियुक्तिका विषयमा यो उखान फेरी एकपटक चर्चामा आएको हो ।

विभिन्न लाभका पदमा नियुत्त भइरहने एक जना व्यत्तिलाई फेरी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्ती गरेपछि यो चर्चा चुलिएको हो ।
यस अघि विभिन्न लाभका पदमा नियुक्ति लिएका डा. उपेन्द्र कोइरालालाई अर्थमन्त्रालले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ। उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीसमेत रहेका कोइराला विगतमा लाभका पदमा रहँदाको कार्यकाल सँधै विवादास्पद रहेको छ।

मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका हुन्। रक्षामन्त्री पोखरेलको दवावमा उनलाई उक्त पदमा नियुक्त गरिएको बताइएको छ। बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि रिक्त रहेको अध्यक्षमा कोइरालालाई नियुक्त गर्ने तयारी सहित लाभको पद दिइएको हो। अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था रहेको छ। बुधबार बस्ने बैठकले उनलाई अध्यक्षमा चयन गर्ने स्रोतले बतायो।

कोइरालाको विगत-

उनले २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त पाएका थिए। २०५१ देखि नै उनले विभिन्न नियुक्ति पाउँदै आएका छन्।  ईश्वर पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका कोइराला आयल निगमको कार्यकारी अध्यक्ष भएका थिए। उनले महेन्द्र मोरङ क्याम्पसको प्रमुखको जिम्मेवारी समेत पाएका थिए। उनले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा समेत नियुक्ति पाए। उनी मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति बने।  आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध छानविन गर्यो । उनीविरुद्ध विश्वविद्यालयमा आन्दोलनै भएको थियो।

सँगै लाभका पद र विवादमा रहिरहने कोइरालाले यस पटक पनि सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा नियुक्ति भएका छन्। उनको नियुक्तिको विषयलाई लिएर समाजिक संजालमा रक्षामन्त्री पोखरेलसँग जोड्दै आलोचना भइरहेकोछ।