काठमाडौंमा १ सय ६६ सहित देशभर ८१८, जम्मा संक्रमित ३० हजार बढी, ५८% निको

मूलखबर संवाददाता
काठमाडौं, ७ भदौ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा ३० हजार बढि संक्रमित भइसेको छन् त्यसमध्ये ५८ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ सहित देशभर कोरोना भाइरसका ८१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२० महिला र ५५८ जना पुरूषको कोरोना पुष्टि भएको हो ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार २६ पीसीआर परीक्षणमा भएको थियो । संस्थागत आइसोलेसनमा नौ हजार २१२ र होम आसोलेसनमा तीन हजार ९४३ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ९३५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २८१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १८ हजार ६३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।