निषेधाज्ञाको दोश्रो दिन : काठमाडौंमा १८२ सहित देशभर ८३८ संक्रमित थप, कसरी होला नियन्त्रण ?

मूलखबर संवाददाता
काठमाडौं, ५ साउन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोाना संक्रमणको निण्न्त्रणको लािग काठमाडौं उपत्यकासहितका देशभरका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागु गरिएको दोश्रो दिन काठमाडौं उपत्यकामा थप १८२ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ सय ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८९९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ६७९ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २५० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या १८ हजार २१४ जना रहेको छ ।

कोरोना त्रासका कारण यसपटकको हरितालिका तिज आफ्नै घरमा मात्रै सिमित भएको अवस्थामा निषेधाज्ञाले कत्तिको कोरोना नियन्त्रण हुने हो त्यो भने हेर्न बाँकी छ ।