निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा २ सयसहित देशभरमा थपिए ७ सय ७ संक्रमित

मूलखबर संवाददाता
काठमाडौं, ४ साउन ।

कोरोनाको संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न् जिल्लाहरुमा निषेधाज्ञाहरु जारी गरिएका छन् । राजधानी काठमाडौं उपत्यकामा हिजो राती १२ बजेबाट निषेधाज्ञा लागु गरिएको र कडाइका साथ पालना गराइएको पनि छ । निषेधाज्ञा लागु भएको पहिलो दिन उपत्यकामा २ सय जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २९ हजार ६४५ पुगेको जनाए ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २६४ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको छ ।