
नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीलाई कोरोना
नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ। सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा काम गर्ने सबै कर्मचारीको टेस्ट गर्दा दुई जनालाई कोरोनाको पुष्टि भएको कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए।
उनका अनुसार दुई जनाको टेस्टको नतिजा आउन बाँकी छ भने अन्य कर्मचारीको भने नेगेटिभ नतिजा आएको छ।
सातदोबाटोमै रहेको स्क्वास एकेडेमीमा बस्ने प्रशिक्षक हिरा थापालाई कोरोना लागेको पुष्टि भएपछि ओलम्पिक कमिटीले सबै कर्मचारीको कोरोनाको टेस्ट गराएको थियो। हाम्रा दुई जना कर्मचारीलाई कोरोना लागेको पुष्टि शनिबार भएको छ। अब उनहरूसँग भेट भएका पदाधिकारीको पनि परीक्षण गर्नेछौं, श्रेष्ठले भने।
कोरोना लागेका दुवै जना कमिटीको सातदोबाटोको भवनमै आइसोलेसनमा बस्ने श्रेष्ठले बताए। कोरोनाका कारण ओलम्पिक कमिटीको कार्यालय गत सातादेखि बन्द छ। कमिटीले अझै केहि साता कार्यालय बन्द गर्ने जनाएको छ।
