घट्यो की बढ्यो पानीको मुल्य ? भदौ १० देखि बोत्तलको १६, जारको ५०

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन ।

सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको हो ।

विभागका अनुसार प्रशोधित प्रतिबोतल १६ रुपियाँ र प्रतिजार ५० रुपियाँ मूल्य तोकिएको छ । यसअघि प्रशोधित प्रतिबोतल २० रुपियाँ र प्रतिजार ६० रुपियाँमा बिक्री भइरहेको विभागले जनाएको छ । यसअघि जारको पानीको अधिकृतम खुद्रा मूल्य प्रतिजार ६० रुपियाँ तोकिए पनि उपभोक्ताले ४०÷४५ रुपियाँमै किनेर खान पाइरहेका थिए ।

उपभोक्ता अधिकारकर्मीले भने सरकारले निर्धारण गरेको पानीको मूल्यले आमउपभोक्तालाई राहत नभई घात भएको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले जारको पानीको गुणस्तरको विषयमा वास्ता नगरी विभागले पानी उद्योगीसँग मिलेर जारको पानीको मूल्य बढाएको आरोप लगाउनुभयो ।

उहाँले मलै बालाजुमा प्रतिजार ३५ देखि ४० रुपियाँमा खाइरहेको छु । सरकारले १५ रुपियाँ बढायो, पानीको गुणस्तर, जारको सरसफाइका विषयमा केही बोलेको भए पनि त गुणस्तर राम्रो हुने भयो भनेर उपभोक्ताले चित्त बुझाउँदा हुन् । त्यो पनि भएन, के आधारमा मूल्य तोकियो रु उपभोक्तालाई जवाफ दिनुपर्छ भन्नुभयो ।

विभागका अनुसार काठमाडौँ उपत्यका ९काठमाडौँ, ललितपुर भक्तपुर० र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल र जारको पानीको समर्थन मूल्य तोकिएको हो । विभागका निर्देशक सागर मिश्रको नेतृत्वमा गत असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौ १० गतेबाट लागू हुने र कार्यान्वयन नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियावली २०७६ अनुसार कारबाही गरिने कार्यदलका संयोजक मिश्रले जानकारी दिनुभयो ।

अहिले बोतल र जारको पानीको मात्रै समर्थन मूल्य तोकिएको र केही समयपछि ट्याङ्करबाट बिक्री गरिने पानीको पनि मूल्य तोकिने गरिने निर्देशक मिश्रले जानकारी दिनुभयो । विभागका अनुसार प्रतिजार डिस्ट्रिब्युटर मूल्य ३५ रुपियाँ तोकिएको छ भने प्रशोधित पानी एक लिटर बोतल प्रतिकार्टुन डिस्ट्रिब्युटर मूल्य भने १३० रुपियाँ कायम गरिएको छ ।