लकडाउन नगर्ने, यातायात र उडान भदौ १५ सम्म रोक्ने, मजदूरलाई अनिवार्य क्वारेन्टाइन

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन ।

सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को सिफारिसमा सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान पछि सार्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरमले पनि यातायात रोक्न माग गरेका थिए । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय भएको छ ।

भदौ एक गते देखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको हो ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र उद्योग कारखाना खुलेपछि मजदुरको आवतजावत बढेको अवस्थामा उनीहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍ने गरी प्रभावकारी कदम चाल्ने पनि निर्णय मन्त्रिपरिषद्ले गरेको छ।