प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रममा सामेल प्रदेश–२ का कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण भेटिएपछि प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको हो ।
बालुवाटारबाट बिहान प्रधानमन्त्रीसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा।शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।
उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।