नेपालमा कोरोना : उपत्यकामा ३१ थपिए, २० हजार ७५० संक्रमित, ५७ जनाको मृत्यु

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । यीमध्ये ५७ जनाको मृत्यु भैसकेको छ भने १४,९१६ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् । यतिबेला ५,६७२ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४९१६ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ८,८३१ जनाको पीसीआर परीक्षण गर्दा राजधानी उपत्यकाका ३१ सहित देशभरबाट २४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ गरी पछिल्लो २४ घन्टामा उपत्यकाकै ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये पछिल्लो २४ घन्टामा १११ जना डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् । आइतबार पुष्टि गरिएका संक्रिमितहरुमा सबैभन्दा धेरै पर्साका ८१, धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८, महोत्तरी र कास्कीका ५/५, नवलपुर र लमजुङका ३/३, सर्लाही, रौतहट र तनहुँका २/२ तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका १/१ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका- ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

 

 

स्वास्थ्य मन्त्रालयका चिकित्सक र परिवारका तीन जनालाई कोरोना संक्रमण

 

 

https://www.facebook.com/watch/?v=621320988763524