नेकपा विवाद : प्रचण्ड माधव पक्षमा ३१, ओली पक्षमा १३ स्थायी समिति सदस्य, प्रधानमन्त्री पुगे बामदेबको शरणमा ?

मूलखबर संवाददाता
काठमाडौं, १४ साउन ।

सत्तारुढ दल नेकपाको विवाद सतहमा मात्रै होइन उत्कर्षमै पुगेको देखिएको छ । पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शिर्ष नेताहरु र प्रधानमन्त्रीसमेत रहेको अर्का अध्यक्ष केपी ओली अर्कातिर लागिरहँदा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्थायी समिति बैठकको दृश्यले विवाद उत्कर्षमा पुगेको पुष्टि भएको हो ।

पटक पटक स्थगित गरी सहमतिको मार्गसहित हिजो बस्ने भनिएको नेकपाको स्थायी समिति बैठक शुरु हुनु केही बेर अघि एकतर्फी रुपमा प्रधानमन्त्री समेत रहेका ओलीले बैठक स्थगित गरेको सुचना प्रेस सल्लाहाकारमार्फत सार्वजनीक गरेपनि नेकपाको स्थायी समिति बैठक अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा ओलीकै सरकारी निवास वालुवाटारमा बस्यो ।

विगत दुई महिनादेखि जारी स्थायी समिति बैठक रोकेर सहमति खोज्ने प्रचण्ड पक्षको प्रयास ओलीकै अहंकार र दम्भले सफल हुन नसकेपछि बाध्य भएर ओलीको एकतर्फी निर्णलाई काउण्टर दिने निर्णय गरिएको माधव पक्षका नेता अमृत बोहोराले बताए ।

मंगलबार विहान खुमलटारमा भएको छलफलमा केपी ओलीसँग सहमति कायम गर्न प्रचण्डले छलफल गर्ने र स्थायी समिति बैठक सञ्चालन गर्ने सहमति गरिरहँदा केपी ओलीले स्थायी समिति बैठक रोक्ने प्रस्ताव गर्दा प्रचण्डले छलफल गर्न म बालुवाटार आउँछु अनी के गर्ने हो गरौंला भनेको र प्रचण्ड बालुवाटार जान हिँडेर सातदोबाटो पुग्दा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको सुचना जारी गरे । तर प्रचण्ड बालुवाटार पुगे र ओली सँग छलफल गरी बैठक बस्न आग्रह गरे तर ओलीले बैठक राख्न इन्कार गरे । प्रचण्ड माधव पक्षले बैठक अगाडि वढाउने गरी सबैलाई आउनको लागि सूचना दियो ।

बालुवाटारमा बैठक शुरु भयो के पी ओली पक्षका नेताहरु अनुपस्थित रहे । ओली प्षधर बाहेक २९ जना स्थायी समिति सदस्य र २ जना आमन्त्रीत गरी ३१ जनाको बैठक बस्यो । बैठकले ओलीले एकतर्फी रुपमा बैठक स्थगित गर्नु पार्टी विधि र विधान विपरित भएको निश्कर्ष किाल्दै प्रचण्डलाई ओलीसँग वार्ता गरी समाधान निकाल्ने जिम्मा दियो ।
बैठकपछि प्रबक्ता नारयणकाजी श्रेष्ठले भने
स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष बामरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय यो बैठकले गरेको छ । त्यसका साथसाथै आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्‍याउनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ ।’

ओली पुगे बामदेब निवास

बैठकमा उपस्थित हुन अटेर गरेका प्रधानमन्त्री ओली मंगलबार साँझ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगे ।

प्रचण्ड(माधव समूह छाडेर आफूतिर नजिकिएलगत्तै प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न निवासमै पुगेका हुन् । सो भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी थिए ।

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर, प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बस्यो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गर्‍यो । जुन बैठकमा गौतम पनि थिए ।

गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म प्रस्तुत गरेका थिए । तथापि बालुवाटारमा बसेको मंगलबारको बैठकमा गौतम प्रधानमन्त्रीविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका थिए ।