सत्तारुढ नेकपा स्थायी समिति बैठक बस्दै : केन्द्रीय समिति बैठक डाक्न सक्ने
काठमाडौं, २ साउन ।
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आज बस्न लागेको छ । लामो समय स्थगित भएर आज पुन बैठक बस्न लागेको हो ।
नेपाल कम्युुनिस्ट पार्टी ९नेकपा०का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकको तयारीका विषयमा छलफल भएको थियो ।
छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिनुभयो । उहाँले अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको बैठक रोकिँदैन भन्नुभयो ।
अध्यक्षद्वयबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी हुुनुुहुन्थ्यो । उहाँ स्थायी कमिटी बैठक बस्नेमा सहमत हुनुभएको छ । स्थायी कमिटीमा प्रस्तुत कार्यसूचीमा हुने छलफललाई कसरी व्यवस्थित र मूर्त रूप दिने विषयमा नेताबीच छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभयो ।
आज बस्ने स्थायी समिति बैठकमा पार्टी भित्र देखिएको विवाद केन्द्रीय समिति बैठकमा लैजाने विषयमा छलफल हुने र केन्द्रीय समितिको बैठकको मिति तोक्न सक्ने सम्भावना देखिएको छ ।