२ दिनमा बाढी पहिराेबाट २३ काे मृत्युु, ३६ बेपत्ता, साँढे ३ महिनामा काेराेनाबाट ३६ र अात्महत्याबाट १२ सय बढि मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, २७ असार

नेपालमा काेराेनाकाे त्रास कायमै रहेकाे बेला असार २५ देखि शुरू भएको बाढी पहिराेकाे चपेटामा परी दुई दिनमै २३ जनाकाे ज्यान गएकाे छ भने ३६ जना बेपत्ता भएका छन् ।

साँढे तीन महिनाकाे लकडाउनकाे अबधिमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३५ छ भने साेहि अवधिमा अात्महत्या गर्नेकाे संख्या १२ सय बढि छ ।

नेपालमा शुक्रबारसम्म काेराेनाबाट  कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी शुक्रबार साँझ ७ बजेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् ।

राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले मुलखबरलाई उपलब्ध गराएको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । तीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ । बुधबार राति सिन्धुपाल्चोक जिल्लामा धनजनको क्षती भएको थियो ।

फेरि पनि काेराेनाबाट बच्न सावधानी अपनाउनु त जरुरी छ नै तर अातंकित कति हुने त्याे भने अाफैंले साेच्नु पर्ने भएको छ ।