लमजुङ बेसीशहरमा पहिरोले घर पुरिँदा ३ को मृत्यु, ३ घाइते

मूलखबर संवाददाता
लमजुङ, २६ असार

लमजुङ जिल्लाको बेसीशहर नगरपालिकामा आएको भिष्ण वर्षपछि गएको पहिरोले घर भत्कीँदा बेसीसहर नगरपालिका ७ सातबीसेमा ३ जनाको ज्यान गएको दुखद खबर छ । बिहीबार राती करीब साढे १० बजेतिर पहिरो जाँदा दीपक तामाङको घर पुरिएको हो ।
मृत्यु हुनेमा एकै परिवारका ३२ वर्षिय दीपक तामाङ, २५ वर्षीय बिमाया तामाङ र ९ वर्षीय छेवाङ तामाङ रहेका छन् ।
उक्त घरमा बस्ने अन्य ३ जना सामान्य घाइते रहेको र लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार जारी रहेको छ ।

बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०÷३२ बर्षीय दीपक तामाङ, उनको श्रीमति अन्दाजी २५÷२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८÷९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार बर्षाका कारण बिहीबार राति साँढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो । बिमायाको शव राति १२ः५० बजेतिर फेला परेको थियो । दीपक र छोराको शव २ः४५ बजेतिर संगै फेला परेको र अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरुको उद्दारका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए ।

स्थानीयका अनुसार भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको पछाडि पट्टी रहेको उक्त घरमा कमजोर खालको ब्लकले बारेको र जस्ताले छाएको उक्त घर भिरालो ठाउँमा भएका कारण एक्कासी पहिरो आएर घरको भित्तालाई क्षति पु¥याएको थियो । घरको संरचना कमजोर र भिरालो जग्गामा घर भएकाले पहिरोले क्षति पु¥याउन हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दीपकको आमा र छोरी आफन्तकोमा गएका थिए । दीपकसंगै काम गर्ने ३ जना घरमै रहेपनि पहिरो आउने वित्तिकै थाहा पाएपछि उनीहरुले भागेर बाच्न सफल भएका छन् । पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका ७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर १० पांगे्रक्युका २३ बर्षीय अनिल गुरुङ, ३३ बर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ । -तस्विर : वेलीना थापा